हामीले दैनिक रुपमा जीवन उपयोगी टिप्सहरु दिँदै आएका छौँ । यसै सन्दर्भमा आज आमा घ्युकुमारीले पुर्याउने फाईदाहरुको बारेमा उल्लेख गर्छौँ । सामान्य रुपमा तीतो स्वाद हुने घ्युकुमारीको केही उपयोगिता छैन होला भन्ने सोच्छौँ । तर घ्युकुमारीको अनगिन्ती फाईदाहरु रहेका छन् । आज यसको फाईदा र उपयोगिताको बारेमा चर्चा गर्छौँ ।
सुन्दरताका लागि पनि प्रयोग गर्ने घिउकुमारीको जुस पिउँदा छालालाई नरम र स्वस्थ बनाउँछ ।
घिउकुमारीको जुस तालु खुईलिने, चायाँ आदिमा प्रभावकारी मानिन्छ ।
घिउकुमारीको रसले कपाल मालिस गर्दा चायाँ हराउने, कपाल झर्न कम हुने, कपाल बाक्लो हुने र ढिला फुल्ने पनि हुन्छ ।
घिउकुमारीको रसले अनुहार मसाज गर्दा चम्किलो हुने र चाउरीपना पनि कम गर्छ । यसले आँखाको डार्कसर्कल पनि हराउँछ । ओठमा लगाउँदा ओठ गुलाबी र चम्किलो बनाउँछ । त्यसैले घिउकुमारीलाई सौन्दर्य साधनका लागि जेल, बडी लोशन, हेयर जेल, स्कीन जेल, स्याम्पु, साबुन तथा फेसियल फेम आदिमा प्रयोग गरिन्छ ।




No comments: