''पाठेघर खस्ने कारणहरु ('' डा. अरुणा उप्रेती'')

पाठेघर खस्ने कारणहरु ( डा. अरुणा उप्रेती)

चिकित्साशास्त्रको दृटिकोणले पाठेघर खस्नाको मुख्य कारण पाठेघरलाई अड्याइराख्ने मांसपेशी कमजोर हुँदै जानु हो । प्रजनन अंगसँग
सम्बन्धित कारणमध्ये पाठेघरलाई धानेर राख्ने तन्तुहरू लच्किँने, पाठेघरलाई कसेर राखेको भुइँमा संक्रमण हुने आदि हुन् । तर सामाजिक दृष्टिकोणले हेर्ने हो भने पाठेघर खस्ने अन्य थुप्रै कारणहरु छन् ।

सानो उमेरमा विवाह शरीरको पूर्णरुपले विकास नहुँदै विवाह गरेपछि यौन सम्बन्ध पनि चाँडै हुन जान्छ । शारीरिक रुपमा आमा बन्नको लागि १९
वर्षभन्दा पहिले अंगप्रत्यंग पूर्णरुपले विकसित भइसकेका हुँदैनन् । प्रजनन अंग र पाठेघरको पनि विकासपूर्णरुपमा भएको हुँदैन । यस्तो बेलामा गर्भ रहन
गएमा आमा बन्दाखेरी निकै कठिनाइ हुन्छ । सानै उमेरदेखि आमा बन्दा शरीर कमजोर हुँदै जान्छ र पाठेघरलाई अड्याइराख्ने मांसपेशी कमजोर हुन्छ र
पाठेघर झर्न जान्छ । सानै उमेरमा विवाह गरेपछि धेरै बच्चा हुने सम्भावना पनि बढ्दै जान्छ र यो पनि पाठेघरका तन्तुहरुलाई अड्याइ राख्न सक्षम
हुँदैन र पाठेघर बिस्तारै तल आउँछ ।

गह्रौं भारी बोक्नु सुत्केरी भएका महिलाहरुले कमसेकम छ हप्ता गह्रौं भारी उचाल्नु हुन्न । किनभने बच्चा पाएपछि पाठेघर पूर्णरुपमा पहिलेको स्थानमा फर्कन छ हप्ता लाग्छ । तर हाम्रो देशका विभिन्न ठाउँमा किशोरीहरु
आमा बन्ने र सुत्केरी भएको केही दिनपछि नै घाँस र दाउराको भारी उचाल्ने, गाईभैँसीलाई कुँडो पकाउने,ठूलो भाँडा उचाल्ने, टाढाटाढासम्म पानी लिन
जाने र लामो समयसम्म लुगाहरु धुने गर्छन् । यस्तो अवस्थामा कमजोर शरीर र कमजोर मांसपेशी भएको कारणले प्राकृतिकरुपमा रहेको ठाउँबाट पाठेघर बिस्तारै खस्दै जान्छ ।

स्वास्थ्य सेवा नपाउनु नेपालका धेरैजसो ठाउँमा स्वास्थ्य सेवाको अभाव त
छँदैछ, त्यसमाथि पनि सुत्केरी हुँदा सेवा दिन सक्ने दक्ष जनशक्तिको झन् नै अभाव छ । नेपालमा अहिले पनि ८० प्रतिशतभन्दा बढी महिला घरमा नै
सुत्केरी हुन्छन् । अनेक किसिमका गलत धारणा, अज्ञानताले गर्दा बच्चा पाएपछि महिलाले राम्रो स्याहार पाउँदैनन् र यो पनि पाठेघर खस्ने
कारण बन्न जान्छ । जस्तो साल निस्केन भने कुटो झुण्ड्याउने र महिलालाई हिँड्न लगाउने आदि । स्वास्थ्य सेवा भएको ठाउँमा पनि महिलाको कमजोर
पारिवारिक र आर्थिक स्थितिले स्वास्थ्य चौकीमा भएको ठाउँमा जान पनि सक्दैनन् ।

उनीहरुसँग जान पैसा हुँदैन र परिवारलेयसको बारेमा केही पनि सोचेको पाइँदैन । कतिपय ठाउँमा चाहिँ सांस्कृतिक कारणले गर्दा भएका स्वास्थ्य चौकीको पनि उपयोग हुन पाएको छैन । सुत्केरी हुँदा राम्रो स्याहार र खाना नपाउनु कतिपय ठाउँमा सुत्केरीलाई हरियो सागपात, अन्न र माछामासु दिन हुन्न भन्ने धारणा छ । अझ सुदूरपश्चिमका कतिपय ठाउँहरुमा त महिलालाई घरबाट बाहिर गाईगोठ वा छौपडीमा राख्नु पर्छ भन्ने सांस्कृतिक चलन छ । यस्तो ठाउँमा अनेक प्रकारका संक्रमण त हुन्छन् नै, स्याहारको अभाव र पोषणको कमीले महिलाको शरीर कमजोर हुँदै जान्छ ।

यही समयमा यदि उनलाई गाह्रो प्रकारका काम गर्न पयो भने त पाठटेघरलाई समातेर राख्ने नलीहरु कमजोर हुँदै जान्छन् र कहिलेकाहिँ बिस्तारै कहिले
एकैचोटि पाठेघर निस्केर आउँछ ।लाज र भय कतिपय महिलालाई समस्या थाहा छ, स्वास्थ्य चौकी पनि छ, आर्थिक स्थिति पनि ठीक छ, तर अरुले केही नराम्रो भन्लान् कि जिस्काउलान्कि भनेर पनि उनीहरु स्वास्थ्य चौकी जाँदैनन् र सहेर
बस्छन् । यसले गर्दा बिस्तारै समस्याले नराम्रो रुप लिँदैजान्छ ।

No comments:

| Copyright © 2016 aaj ko naya khabar