नारायणगढ-मुग्लिन सडकको सात ठाउँमा पहिरो
चितवन, नारायणगढ-मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ।
सो सडक विस्तार गरिरहेको नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार बिहान ४:३० बजेबाट पहिरोका कारण सडक अवरुद्ध बनेको हो।
जलवीरेदेखि कालीखोलासम्मको पाँच किलोमिटर भागमा सात ठाउँमा पहिरो खसेको छ।जसमध्ये जलवीरेमा ठूलो पहिरो खसेको खनालले बताए।
पहिरो पन्छाउने काम बिहानबाट सुरु भएको बताउँदै उहाँले पहिरो धेरै खसेकाले कम्तीमा दुई घन्टा सडक सञ्चालन गर्न समय लाग्नेसमेत बताए ।
जलवीरे नारायणगढबाट मुग्लिनतर्फ ३२ किमी दूरीमा पर्दछ।सो क्षेत्रमा सडक विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ।
काटिएको भित्तो वर्षात्का कारण झर्ने भएकाले पटक पटक पहिरो खस्ने गरेको छ।पहिरोका कारण सडकको दुवैतर्फ गाडीको लाम लागेको छ।




No comments: