भूकम्पका बेला कारागारबाट भागेका भुटिया पक्राउ।
२४ जेठ, पाँचथर । बौद्ध गुरुको भेषमा देशका विभिन्न स्थानबाट नगद र गरगहना ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरी पाँचथर प्रहरीले सार्वजनिक गरेको छ ।
पाँचथरको फिदिम, काठमाडौंको कलंकी, नुवाकोट, सिन्धुपालचोकको हेलम्बु र उदयपुरको गाइघाटका बिभिन्न व्यक्तिहरुबाट सुनका गरगहना सहित लाखौ रुपैयाँ ठगी गर्ने दार्जिलिङस्थित कालिङपोङको दश माइल निवासी तेन्जि घिसिङ भुटियालाई पक्राउ गरी आईतबार सार्वजनिक गरीएको हो ।
जेठ १७ गते फिदिम बजारस्थित सगुन होटलवाट अठारतोला सुन र पाँचलाख नगद सहित १८ लाख भन्दाबढि नगद र जिन्सी सामग्री ठगेर हिँडेका तेन्जि घिसिङ भुटियालाई भदौ २२ गते तनहुँको डुम्रेबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका भुटियाबाट प्रहरीले ठगी गरेका सुनचाँदीका गहना र १ लाख ५८ हजार रुपैंयाँ नगद, सवारी चालक अनुमति-पत्र र मोवाइल सहित महत्वपूर्ण धातु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
पक्राउ परेका भुटिया भारतको दार्जिलिङ स्थित कालिङपोङको दश माइल निवासी रहेको वताइएको छ । कक्षा तीनसम्म औपचारिक अध्ययन गरेका उनले १६ बर्ष बौद्ध शिक्षा धारण गर्नुका साथै जटिवुटि र तान्त्रिक विद्या पनि आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी प्रमुख कोइरालाले बताए ।
प्रहरीका अनुसार भारतका बिभिन्न स्थानमा बौद्ध शिक्षा लिएका उनी दशवर्षयता नेपाल आउन जान थालेका थिए । यसअघि उनले काठमाडौको कलंकी, नुवाकोट, सिन्धुपालचोकको हेलम्बु र उदयपुरको गाइघाटका बिभिन्न व्यक्तिहरुवाट यसरी नै ठगी गरि सकेका छन ।
उनी बिरुद्ध तीन वर्ष अगाडी सिन्धुपालचोक जिल्ला अदालतमा लागेको ठगी मुद्धामा अदालतले तीनवर्ष कैद सजाँय सुनाएपछि २०७२ साल बैशाख १२ गतेको भूकम्पसम्म सिन्धुपाल्चोक कारागारमै थिए ।
भूकम्पले कारागार भत्काएपछि अन्य कैदी बन्दीसँगै त्यहाँबाट भागेका उनी केहि समय भारत छिरेका थिए । ६ महिना अगाडि पुनः नेपाल फर्केको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनले पुनः नेपाल आए लगत्तै उदयपुरको गाइघाट स्थित बुर्कीका २ वटा घरवाट ५ महिना अघि करिब १५ लाख रुपैंया ठगी गरेको अनुसन्धानका क्रममा लामा स्वयमले बयान दिएको प्रहरी बताँउछ ।



No comments: