''अदुवा एक औसधि ''

अदुवा एक औसधि

अदुवाको सेवनले कफ र वायुसम्बन्धि रोग हुन दिँदैन । अदुवाको सेवनले भोक लाग्छ र पाचनशक्तिलाई बलियो बनाउँछ ।  स्वास्थ्यमा फाइदा ज्वरो-अदुवा र पुदिनाको काढा बनाएर पिउनाले ज्वरो हराउँछ ।  भोक लाग्ने-अदुवाको टुक्रा काटेर नून छरेर खाँदा कब्जियतको समस्या हट्छ र भोक लाग्दछ ।  खोकी-अदुवाको रसमा मह राखेर चाट्नाले खोकी कम हुन्छ ।  रुघा-अदुवा राखेको चिया पिउनाले रुघा लाग्दा आराम मिल्छ । उल्टी-बारम्बार उल्टी भएमा अदुवाको रसमा प्याजको रस मिलाएर पिउनाले उल्टी रोकिन्छ । पेट दुःख्ने-अदुवा र पुदिनाको रसमा थोरै नून मिलाएर पिउनाले पेटको दुःखाइमा आराम मिल्छ ।  सौर्न्दर्यमा फाइदा अदुवाले एन्टीएजिंगको काम गर्छ । अदुवाको सेवनले छाला लामो समयसम्म जवान देखिन्छ । सँधै बिहान खाली पेटमा अदुवा चपाउनाले छाला आकर्ष र सफा देखिन्छ । अदुवाको रस धेरै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउनाले छाला चम्किलो देखिन्छ ।

No comments:

| Copyright © 2016 aaj ko naya khabar