यो उथलपुथल हुँदै गरेको समाजको अटल नेपाली माया !

यो उथलपुथल हुँदै गरेको समाजको अटल नेपाली माया !


भाउजू सकुशल माइती पुग्नु भयो होला यहि कामाना नि गरे । खै कसरी सुरु गरौ यी पत्रको हरफ हरु…… अत्यन्त कहाली लाग्दा तपाईंको नेपाल बसाई कस्तो भयो कुन्नी ?? नेपाल जस्तो पुरुष प्रधान देशमा तपाईं जस्तो महिला लाई अधिकार सम्पन्न बनाइएको फिलिपिन्स बाट नेपालमा पाइला राख्नु भएपछि थाहा भयो होला । नेपाली महिला हरुको अवस्था के रहेछ नजर अन्दाज गर्नु नै भयो होला ? खै के भनौ भाउजू हाम्रो समाजै एस्तै छ देशको न्याय कानुन परिवर्तन हुनुपर्छ भनेर पटकपटक क्रान्ति आन्दोलन भै सके पटक पटक महिला अधिकारको लागि आन्दोलन भए रातारात च्याउ उम्रेसरी महिला मुक्तिको लागि हजारौं सस्था खडा भए । जसरी सस्था खडा भए त्यस्तै समस्या हरु झन खडा भए दैनिक जसो हत्या, बलात्कार, दाइजो नदेको झोकमा दैनिक जसो महिला हरु जलाइए छोरी मात्रै पाएको निहुँमा सैयौ लाई घरबार बिहिन बनाइए, बोक्सीको आरोपमा मुलमुत्र ख्वाइन्छ । एस्तै छ नेपालको महिला माथिको स्थिती यस्तो स्थितिमा तपाईंको पक्षमा बोली दिने कोहि भएनछन । हुनत तपाईं जस्तोको पक्षमा नेपालमा बोली दिने नै को हुन्छ र ?? तपाईं एउटा क्रिश्चियन देशको नागरिक क्रीस्चियन पनि पर्नु भयो होला ?? हामी पनि अधिकार यी बेथिति कुरिती अन्त्याको लडाइँमा नै छौ । अहिले हामीलाई र हाम्रो आन्दोलन लाई संसारको अगाडी बदनाम बनाउन जातिय आरोप लाईदैछ । खैर यी कुरा छोडौ तपाईंले त ससम्मान बिदा पाउदा नि अधिकार सहित बिदा पाउनुपर्ने हो । झन तपाईंलाई त इलिगल घोषणा गरेर तपाईंको देशको दुतावास खोजेर सात लाख जरिवानापो तिराईएछ । तपाईं एक महिने टुरिष्ट भिजामा आउनु भएछ तर एक महिना पछि यो मान्छे किन फर्केन के भयो भनेर सरकारले कहिले खोजी गरेन तपाईं माथी परेको अन्यायको पनि कुनै मुल्यांकन भएनछ ।

No comments:

| Copyright © 2016 aaj ko naya khabar